काठमाडौं, १७ साउन। सत्ता गठबन्धनले मंसिर ४ गते प्रप्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति गरेको छ।
बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बिहीबार बस्ने बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ।
चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले बताउनु भयो।