काठमाडौं, १८ साउन । काठमाडौँ – सप्तकोसीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गर्न थालेको छ ।
उक्त वडाको गोबरगाढामा रहेको आधारभूत विद्यालय कटान गरिरहेको वडाअध्यक्ष कुसेश्वर यादवले जानकारी दिनुभयो ।
त्यस्तै विद्यालय नजिक रहेको स्वास्थ्यचौकी पनि कटान भइरहेको छ । ती भवनहरु बाढीले बगाउने अनुमानमा पहिल्यै छानो र सामान सारिएको थियो ।
कोसीको मध्यभागमा पर्ने गोबरगाढा बस्तीमा अहिले ३ सय मानिस रहेको अध्यक्ष यादवले बताउनु भयो । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् ।