Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने


5.9K
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ ।

भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।

तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेसनबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । उक्त मितिमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो ।

अघिल्लो पटक १५ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर मूल्य घट्न थालेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो । तर, निगमले मूल्य समायोजन गरेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology