Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब बैंकहरुले जुनसुकै बेला नयाँ ब्याजदर तोक्न पाउने


4.2K
Shares

अब बैंकहरुले जुनसुकै बेला नयाँ ब्याजदर तोक्न पाउने

काठमाडौं, १८ साउन । बैंक तथा वित्तीय संस्थाहरुले अब जुनसुकै बेला पनि निक्षेपको ब्याजदर परिवर्तन गर्न पाउने भएका छन् ।

बुधबार राष्ट्र बैंकले यसअघिको एक महिनाको व्यवस्था खारेज गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि यस्तो व्यवस्था एक महिनामा एकपटक मात्र ब्याजदर परिवर्तन गर्न पाउने र आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धि सूचना नेपाली महिना सुरु हुनु पूर्व नै प्रकाशित गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ को कात्र्तिक मंसिरपछि वित्तीय क्षेत्रमा तरलताको समस्या पर्न थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गर्न थालेपछि यसलाई रोक्न बैंकले यस्तो व्यवस्था गरेको हो ।

तैपनि बैंकहरुले एक महिनामा एकपटक त्यो पनि अधिकतम १० प्रतिशतभन्दा बढीले ब्याजदर वृद्धि गर्न नपाउने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology