Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मःम पसले मृत फेला


2.6K
Shares

मःम पसले मृत फेला

ललितपुर, १८ साउन । ललितपुरको पुल्चोकमा मःम पसले मृत फेला परेका छन् । दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले जानाकारी दिनुभयो ।

कलेजोको समस्याका कारण एक महिनाअघि उहाँको पत्नीको मृत्यु भएको थियो । २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आउनु भएका क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भित्रबाट ढोकामा चुकुल लगाएर पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा प्रहरीले उहानँको शव निकालेको छ ।

शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको डिएसपी जिसीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology