Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


2.8K
Shares

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

बुटवल, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ मा लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक बाणगंगा वडा नं २ का २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका स्थानीय २७ वर्षीय गोपाल विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।

रुखमा ठोक्किएर गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology