Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भाइरल ज्वरो बढेपछि विद्यालय ७ दिन बन्द


2.3K
Shares

भाइरल ज्वरो बढेपछि विद्यालय ७ दिन बन्द

दाङ, १८ साउन। राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology