Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २७ पुग्यो


2K
Shares

गोरखामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २७ पुग्यो

गोरखा, १८ साउन । गोरखामा थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

मंगलबार अजिरकोट गाउँपालिकाका ३ जना महिला र ६ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३ जना पुरुषमा संक्रमण देखिएको अजिरकोटका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिनुभयो ।

मंगलबार नै गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको भएता पनि कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका फोकस पर्सन नारायणबावु अर्यालका अनुसार जिल्लामा हालसम्म सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । अर्यालयका अनुसार सबै भन्दा धेरै गोरखा नगरपालिकामा ९ जना र पालुङटार नगरपालिकामा ७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै गरी, शहिद लखन गाउँपालिकामा ५ जना, अजिरकोट गाउँपालिकामा ३ जना र भीमसेन थापा, आरुघाट र सिरानचोक गाउँपालिकामा १–१ जना सक्रिय संक्रमित रहेका छन् ।

कार्यालयका अनुसार ०८९ साल साउन १ गते यता १५८ जना गरिएको एन्टिजेन परिक्षणका क्रममा ३८ जनामा पोजेटिभ देखिएको र ११ जनाले कोरोना जित्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology