Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

छोराको कुटाइबाट ५३ वर्षीय बुवाको मृत्यु


3.5K
Shares

छोराको कुटाइबाट ५३ वर्षीय बुवाको मृत्यु

तेह्रथुम, १७ साउन । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो।

आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्लीले टाउकामा प्रहार गरेका थिए।

घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुर्‍याएका थिए। तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ। घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology