Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेयर बजारमा सामान्य अंकले सुधार


2.7K
Shares

सेयर बजारमा सामान्य अंकले सुधार

काठमाडौं, १६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले सुधार आएको छ । आज सोमबार कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा केही खुम्चिँदै १.१५ अंक बढेर बन्द भएको हो ।

आज ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा आज ५ समूहमा सुधार आएको छ । उत्पादनमूलक समूह १०९ अंकले बढ्दा व्यापार समूह ७६ अंकले बढेको छ ।

यस्तै, बैंकिङ समूह ५ अंकले बढेको दिन लगानी समूह ०.५३ अंकले बढेको छ । यी बाहेक होटल र टुरिजम समूह ६० अंकले घटेको छ भने विकास बैंक समूह ५९ अंकले घटेको छ । यस्तै, वित्त समूह ५८ अंकले घट्दा निर्जीव बीमा समूह र जीवन बीमा समूह समान १९÷१९ अंकले बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology