Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

घट्यो सुन–चाँदीको मूल्य


2.3K
Shares

घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं, १६ साउन । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज अघिल्लो दिनको तुलनामा प्रतितोला दश रुपैयाँ घटेको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology