Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बसबाट ओर्लिने क्रममा लडेर यात्रुको मृत्यु


3.6K
Shares

बसबाट ओर्लिने क्रममा लडेर यात्रुको  मृत्यु

जनकपुरधाम, १५ साउन। सर्लाहीमा बसबाट ओर्लिने क्रममा एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिनुभयो ।

डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा_२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्‍याएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही बसमा सवार एक महिला सिटको फलामको डण्डीमा ठोक्किँदा घाइते हुनु भएको छ ।

गोडैता नगरपालिका ५ बस्ने ६५ वर्षीया इश्वरवत्ती देवी बसको सिटको फलामको डण्डीमा ठोक्किँदा बायाँ हातको कुमको हड्डी भाँचिएको छ भने खुट्टामा चोट लागेको डीएसपी यादवले बताउनु भयो।

बस कोडैना गाउँपालिका—२ लखनदही खोलाको पुल नजिकैको खाल्डो पार गर्ने क्रममा यो घट्ना भएको तथा घाइतेको प्रादेशिक अस्पताल मलगंवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology