Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बाबुरामको चाहनाः स्वर्णिम वाग्लेसहित तीन जनालाई गोरखामा आफ्नो उत्तराधिकारी बनाउने


3.6K
Shares

बाबुरामको चाहनाः स्वर्णिम वाग्लेसहित तीन जनालाई गोरखामा आफ्नो उत्तराधिकारी बनाउने

गोरखा, १५ साउन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गर्नु भएको छ।

स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पने चाहना भट्टराईको छ।

गोरखा बुंकोटका वाग्ले अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

गोरखा हरमटारीका श्रेष्ठले वातावरण विज्ञानमा विद्यावारिधि गर्नु भएको हो भने पालुङटारका देवकोटाले बुढीगण्डकी विकास समितिका अध्यक्ष भएर काम गर्नुृ भएको थियो।

‘गोरखामा जन्मेर विश्वनागरिक बनेका प्रतिभाशाली बौद्धिकहरू स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ, लक्ष्मी देवकोटा लगायतलाई गोरखाबाट निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पन पाए र केही दशक देशको नेतृत्वमा पुर्‍याउन पाए कस्तो हुँदो हो भन्ने मनको लड्डु म पनि खाने गर्छु,’ उहाँले आज ट्वीट गर्दै भन्नु भएको छ, ‘यो निर्वाचन प्रणालीले के देला र ?’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology