Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा


3.3K
Shares

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारबाहीमा

काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्।

आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो।

कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालन गरेको थियो।

त्यसअनुसार आइतबार बिहान चेकजाँच गर्दा १६ बस चालकले विभिन्न ट्राफिक नियम उल्लंघन गरेको हुँदा कारबाही गरिएको भट्टले बताउनु भयो।

ती मध्ये पाँच स्कुलका बस चालकले भने मापसे गरेको पाएको हो।

एसएसपी भट्टले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology