Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चितुवाको आक्रमणबाट ७० वर्षीय वृद्ध घाइते


1.9K
Shares

चितुवाको आक्रमणबाट ७० वर्षीय वृद्ध घाइते

काठमाडौं, १४ असार । बैतडीमा चितुवाको आक्रमणबाट शनिबार एक वृद्ध घाइते भएका छन्।

घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहनु भएको छ।

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो।

बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो। खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ। उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ। बासस्थान र आहारको कमीका कारण चितुवा मानव बस्तीमा पस्ने गरेको बताइएको छ।रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology