काठमाडौं, १३ साउन । प्रहरी हिरासतमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी सहायक निरिक्षक (असई) पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रवीण चौलागाईंलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनु भयो।
ईप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत चौलागाईंले सोधपुछका क्रममा ति महिलालाई दुव्र्यवहार गरेका हुन् । साउन ११ मा बहुविवाह गरेको कसुरमा ति महिला पक्राउ परेकी थिइन् । बिहिबार राति २ बजे असईले ति महिलालाई सोधपुछ गर्न भन्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।
असई चौलागाईंलाई जिल्लामा झिकाएर थुनामा राखिएको एसपी अधिकारीले बताउनु भयो । उहाँका अनुसार पीडित पक्षलाई जाहेरी ल्याउन भनिएको छ । जाहेरी नआए विभागीय कारवाही हुने उहाँले बताउनु भयो ।