काठमाडौं, १३ साउन । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।
सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गर्नु भएको छ । उहाँलेआफ्नो सुरक्षाका लागि बुलेट प्रुफ गाडी समेत किन्नु भएको छ ।
उहाँले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सट्टा सेतो रंगको बुलेट प्रुफ गाडी किन्नु भएको हो । सलमानले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँड्ने गरेका छन् । एजेन्सी