बिमल श्रेष्ठ
काठमाडौं, १२ साउन । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरु सँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही दिनमै चुनावको मिति घोषणा हुने बताउनु भएको हो ।
प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई फोन गरेर आज (बिहीबार) नै बैठक बसेर चुनावको मिति घोषणा गर्ने तयारी भएको जानकारी दिनु भयो ।
नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्न उपयुक्त रहेको उहाँको भनाई छ ।
प्रेस सेन्टरका पूर्व पदाधिकारीहरुलाई जानकारी गराउनु हुदैँ अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने उहाँले बताउनु भयो ।