Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत स्थानमा


2.9K
Shares

एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत स्थानमा

काठमाडौं, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो।

अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नयाँ वरियतामा न्यूजिल्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ।

त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ।

यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology