रसुवा, १२ साउन । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।
जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजु जानाकारी दिनुभयो ।
उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उहाँले बताउनु भयो ।रासस