Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु


2.1K
Shares

टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

झापा, १२ साउन । झापाको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानाकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प २१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो । टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology