Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

फिलिपिन्समा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, ६० जना घाइते


2.7K
Shares

फिलिपिन्समा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, ६० जना घाइते

एजेन्सी, ११ साउन । फिलिपिन्समा बुधबार ७.१ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार उत्तरी फिलिपिन्सको लुजोन टापुमा भूकम्प गएको हो। भूकम्पले एउटा अस्पताल र भवन भत्किँदा उनीहरूको मृत्यु भएको र ६० जना घाइते भएका छन्।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उद्धार र राहत टोलीलाई परिचालन हुन निर्देशन दिनु भएको छ ।

भूकम्पको धक्का राजधानी मनिलासम्म महशुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology