Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा खस्दाँ एक जना बेपत्ता


2.1K
Shares

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा खस्दाँ एक जना बेपत्ता

काठमाडौं, १० साउन । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा खस्दाँ एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएको जानकारी दिनु ।

उहाँका अनुसार बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ हो ।

मंगलबार दिउँसो  साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको उहाँले बताउनु भयो ।

प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology