काठमाडौं, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गर्नु भएको छ।
पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गइरहेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले कोरोना बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन आग्रह गर्नु भएको हो।
‘कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको सदस्यहरुलाई विदितै छ, तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।