Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

देशभर थपिए ५६८ कोरोना संक्रमित , थप एक जनाको मृत्यु


2.1K
Shares

देशभर थपिए ५६८ कोरोना संक्रमित , थप एक जनाको मृत्यु

काठमाडौं, ९ साउन । पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा झन्डै १२ प्रतिशतमा कोरोना देखिएको हो।

३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ५३४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। ९५ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology