Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सगरमाथाको चुचुरोमा फिफा विश्वकपको नेपाली गीत


3.4K
Shares

सगरमाथाको चुचुरोमा फिफा विश्वकपको नेपाली गीत

काठमाडौं, ९ साउन । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा छायांकन भएको फिफा वर्लडकपको नेपाली गीत सार्वजनिक भएको छ। गायक पूर्ण राईले गाउनु भएको गीतलाई आरोही नर्बिन मगरले लेख्नु भएको हो। गीतलाई विकास चौधरीले संगीत दिनु भएको छ।

सगरमाथाको चुचुरोमा पुगेर गीत रेकर्ड गराउँन आरोही नर्बिन मगरको नेतृत्वमा आङदावा शेर्पा, स्वस्थानी मगर र दोर्ची शेर्पाले गाइड गरेका थिए। त्यहाँ पुगेर गीतको भिडिओ खिच्न निकै गाह्रो भएको गायक पूर्ण राईले जानकारी दिनुभयो।

यो टोलीले पहिलोपटक फिफा वर्लडकपको ट्रफी (रेप्लिका) फिफा सम्बद्ध २११ राष्ट्रहरूको झण्डासहित गीत सार्वजानिक तथा सुटिङ सम्पन्न गरेका हुन्।

यो गीत राईकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology