Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गायिका दिलमाया सुनार हत्या आरोपी प्रेमी श्रेष्ठ कारागार चलान


3.6K
Shares

गायिका दिलमाया सुनार हत्या आरोपी प्रेमी श्रेष्ठ कारागार चलान

काठमाडौं, ९ साउन। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उहाँका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिनु भएको थियो । त्यसपछि प्रहरीले उहाँका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology