Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशमा श्रेष्ठको सभापतित्वमा स्वतन्त्र पार्टीको संरचना गठन


3.2K
Shares

गण्डकी प्रदेशमा श्रेष्ठको सभापतित्वमा स्वतन्त्र पार्टीको संरचना गठन

कास्की, ८ साउन । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको संरचना गठन भएको छ । प्रदेश संरचना गठन प्रक्रियामा पार्टीको गण्डकी प्रदेशको सभापतिमा डा ढाकाकुमार श्रेष्ठ चयन हुनु भएको छ । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समितिमा १६ जना सदस्यीय रहेको छ ।

समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहनु भएको छ ।

यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चयान हुनु भएको छ। रवि लामिछाने नेतृत्वको उक्त पार्टी केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology