गोरखा, ८ साउन । नेकपा कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) शहीद लखन गाउँपार्टी समिति अन्र्तगत पार्टी पदाधिकारीको बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ । बैठकले गाउँपालिकामा सत्ता सञ्चालनका लागि पार्टीका तर्फ ३ सदस्सीय सत्ता सञ्चालन सयन्त्र गठन गरेको गाउँ गाउँपार्टी समितिका सहसचिव तथा प्रचार बिभाग प्रमुख भरत खनालले जानकारी दिनुभयो । बैठकले पार्टीको गण्डकी प्रदेश पार्टी प्रदेश समितिका समेत रमेशकुमार श्रेष्ठको संयोजकत्वमा सत्ता संञ्चालन समिति गठन गरेको उहाँले बताउनुभयो ।
समितिको सदस्यहरुमा गाउँपालिका पार्टी समितिका उपाध्यक्ष ध्रुव खनाल र सचिव कृष्णबाबु श्रेष्ठ रहनु भएको छ । समितिले पार्टी नेतृत्वमा रहेको स्थानीय सरकारलाई योजना निर्माण, कार्यान्वयन लगायतका बिषयमा निर्देशित गर्नेछ । बैठकले पार्टीको गण्डकी प्रदेश समितिका खाली रहेका प्रदेश समिति तथा निर्वाचन क्षेत्र र जिल्ला समन्वयमा समेट्नु पर्ने नेताहरुको बिषयमा समेत सिफारिस गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख खनालले जानकारी दिनुभयो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पालिकाहरुका निर्वाचन समिक्षा गर्न बाँकी रहेका वडामा समिक्षा बैठक गर्ने, रिक्त रहेको गाउँपार्टी सचिवालयमा कमलबहादुर परियार र तेजमाया गुरुङलाई चयन गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । त्यस्तै आगामी संघ र प्रदेशको निर्वाचनको तयारी, मतदाता नामावलीमा नाम छुटेकाहरुको नामावली संकलन तथा निर्वाचनमा भएका खर्चको व्यवस्थापन लगायतका बिषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य अमर तमुले पार्टीलाई चलायमान बनाइ राख्न योजना निर्माण गरेर निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । केन्द्रीय सदस्य तमुको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी गण्डकी प्रदेश समितिका सदस्य रमेशकुमार श्रेष्ठ, कृष्णबहादुर प्रजा लगायतको सहभागिता रहेको थियो ।
बैठक गाउँपार्टी समितिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षतामा सम्पन्न भएको हो । सोही अबसरमा जिल्ला समन्वय समिति गोरखाको उपप्रमुख लिला परियारलाई सम्मान गरेको गरेको छ । उहाँ नेकपा माओबादी केन्द्र शहीद लखन गाउँपार्टी समितिको सचिवालय सदस्य समेत हुुनुहुन्छ ।