गोरखा, ६ साउन । गोरखामा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ । आज बसेको जिल्लास्तरीय कोभिड ब्यबस्थापन समितिको बैठकले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अनिवार्य मास्क लगाउन सबैलाई आग्रह गरेको हो ।
बैठकले सरकारी तथा गैह्र सरकारी कार्यालय, गोष्ठी, सेमिनार र मानिसको भिडभाड हुने ठाउँ, विद्यालय, धार्मिक तथा प्राकृतिक स्थल, मनोरन्जन स्थल लगायतका ठाउँमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा स्यानीटाईजरको ब्यबस्था गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
बैठकले कोरोनाको नयाँ भेरीयन्टको जोखिमबाट बच्न आबश्यक पूर्व तयारी गर्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न गराउन सबै पालिकाहरुलाई आग्रह पनि गरेको छ ।
कोभिड ब्यबस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।