गोरखा, ५ साउन । गोरखामा आज बिहीबार तीन जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
गोरखा अस्पतालमा चार जना महिला र एक जना पुरुषमा गरिएको परिक्षणमा थप तीन जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो।
योसँगै गोरखामा कोरोना संक्रिय सक्रमतिको संख्या आठ पुगेको छ । गोरखा नगरपालिकामा ६ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकामा एक/एक जना कोरोनाको संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।