Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

करारका कर्मचारीको म्याद थप गर्न काग्रेस गोरखाको माग


7.6K
Shares

करारका कर्मचारीको म्याद थप गर्न काग्रेस गोरखाको माग

गोरखा, ५ साउन । नेपाली काग्रेस जिल्ला समिति गोरखाले करारका कर्मचारीको सम्झौता अबधी सकिए पछि म्याद थपका लागि ध्यानकर्षण भएको जनाएको छ । काग्रेसले आज एक बिज्ञप्ति जारी गर्दै गोरखा जिल्लामा माओबादीका उमेद्वार बहुमत सहित बिजयी भएको पालिकाहरुमा करारका कर्मचारीलाई साउन १ गतेदेखि एकमुष्ठ रुपमा म्याद नथप्ने निर्णय गरेको प्रति पार्टीको ध्यानकर्षण भएको जनाएको हो ।

स्विकृत दरबन्दी भित्र बिद्यमान कानुन बमोजिम प्रक्रिया सम्वत नियुक्त भएका र सन्तोषजनक कार्य सम्पादन गरिरहेका कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि राज्यको ठूलो लगानी परिसकेको भएकाले अनुभवी कर्मचारीहरुको म्याद थप गरि सेवा लिनु स्थानीय सरकारका लागि अवसर समेत भएको जिल्ला सचिव कृष्णबहादुर आलेले जारी गर्नुभएको बिज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्तिमा हाल कार्यरत अनुभवी जनशक्तिलाई उनिहरुको कार्यक्षमताको कुनै मूल्याङकन नगरी राजनीतिक पूर्वाग्रहका आधारमा प्रचलित कानुनको बर्खिलाप हुनेगरि ठूलो संख्यामा एकमुष्ठ रुपमा कर्मचारी निस्कासन गरिनु न्यायिक, आर्थिक र रोजगारीका दृष्टिकोणबाट समेत उपयुक्त हुने उल्लेख छ । जिल्ला सचिव आलेले जारी गर्नुभएको बिज्ञप्तिमा दरबन्दी करार नियुक्ती पाएका अनुभवी जनशक्तिलाई बिना शर्त म्याद थप गरि यथास्थान र पदमा कार्य गर्न गराउन जोड माग गरिएको छ ।

त्यस्तै गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय शासन सहयोग कार्यक्रम र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको करार सेवा कर्मचारी नहटाउने सम्बन्धी निर्देशनको पालन गर्न पनि काग्रेसले भनेको छ । काग्रेसले बिना कुनै आधार संघिय तथा प्रदेश सरकारसंग लागत साझेदारीमा कार्यक्रम कार्य गरिरहेका कर्मचारीहरुको करार भंग गर्ने सम्बन्धित पालिकाको बहुमतको नाममा गरिएको पूर्वाग्रह पूर्ण निर्णय खारेज गरि चालु आर्थिक बर्षको करार नविकरण गर्न सम्बन्धित पालिकाको ध्यानकर्षण ध्यानकर्षण गरेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, धार्चे गाउँपालिका लगायतका गाउँपालिकामा करारका कर्मचारी सम्झौता समाप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology