Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि


1.3K
Shares

नेपालमा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ५ साउन। पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology