Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भिमसेन थापा गाँउपालिकाले वडामै पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै


4.4K
Shares

भिमसेन थापा गाँउपालिकाले वडामै पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

गोरखा, ५ साउन । गोरखाको भिमसेन थापा गाँउपालिकाले पालिका भित्रका सबै वडा(वडामै पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

गाँउपालिकाले पालिकामा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएको हो। भिमसेन थापा गाँउपालिकामा यस अघि बैकिङ प्रणाली मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण आएको भए पनि लाभग्राहीहरु गाउँपालिकाको केन्द्र सम्म धाउनु पर्ने बाध्यता थियो ।

तर नयाँ जनप्रतिनिधि आए सगै बैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडामै पुर्‍याएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिनु भयो।

भिमसेन थापामा कार्यतालिका नै बनाएर यही साउन १० गतेबाट प्रत्यक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको जनाएको छ । कार्यतालिका अनुसार १० गते वडा नं. १ मा, ११ गते वडा नं. २ मा, १२ गते, वडा नं. ३ मा, १५ गते वडा नंं. ५ मा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने कार्य तालिका रहेको छ ।

त्यस्तै वडा वडा नं. ७ मा १६ गते र वडा नं. ८ मा १७ गते लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भाइरहेको गाउँपालिका अध्यक्ष बन्जराले बताउनु भयो ।

ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, एकल महिलालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बञ्जराको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology