Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेद्धारा शपथ ग्रहण


2K
Shares

श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेद्धारा शपथ ग्रहण

काठमाडौं, ५ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ ग्रहण गर्नु भएको छ । ६ पटक प्रधानमन्त्री बन्नु सक्नु भएका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष पद तथा गोपनियताको शपथ लिनु भएको हो ।

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्व सार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलीजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology