गोरखा, ४ साउन । जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला समिति पुनर्गठन हुने भएको छ । पार्टीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जिल्ला समितिको पर्नु गठन गर्ने जनाएको हो ।
जिल्ला समितिको पुर्न गठन गर्न यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको सो पार्टीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञपितमा जिल्ला मातहतका सबै निकाय र समिति स्वतः भेला आयोजक समितिमा रुपान्तरण भएको बिज्ञप्तिमा उल्लेख छ । जसपा गोरखाको मंगलबार बैठक बसेर जिल्ला समिति पुर्नगठन गर्ने निर्णय भएको भेला आयोजक समितिका संयोजक यानप्रसाद भट्टले जानकारी दिनुभयो ।