काठमाडौं, ३० असार । मिस नेपाल अर्थ सरिशा श्रेष्ठले बिहीबार त्रिभुवन विश्वविद्यालयबाट रोगविज्ञान (प्याथोलोजी)मा स्वर्ण पदक प्राप्त गर्नु भएको छ। श्रेष्ठ पेशाले चिकित्सक पनि हुनु हुन्छ ।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै वर्तमान मिस नेपाल अर्थले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गर्नु भएको जनाएको छ ।
यस वर्ष उहाँले मिस नेपालको महत्वपूर्ण टाइटल जित्नु भयो भने अर्कोतिर त्रिविबाट गोल्ड मेडल प्राप्त गर्नु भयो ।
निकट भविष्यमा हुने मिस अर्थ प्रतिस्पर्धामा नेपालको जलवायु मुद्दालाई उठाउने उहाँको तयारी छ । यसपटकको मिस नेपालमा ६ जना चिकित्सक सुन्दरीले भाग लिएका थिए, जसमध्ये सरिशा अब्बल ठहरिनु भयो ।