गोरखा, ३० असार । गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतमा पहिरोका कारण १ सय ५५ घर जोखिममा परेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो निर्वाचन क्षेत्रका सांसद हरिराज अधिकारीले बुधबार साँझ ६ बजे भएको पहिरोको घटनाका कारण ४० घर र पशु चौपाया बगाएकोबारे संसद र सरकारलाई जानकारी गराउनु भयो ।
दुई वटा पहिरोका कारण १ सय ५५ घर जोखिम रहेको र उनीहरु यथास्थितिमा बस्ने अवस्था नभएको उहाँले बताउनु भयो । सांसद अधिकारीले उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।