Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च दर कायम


2.9K
Shares

आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च दर कायम

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो छ। आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ।

बिहीबार एक डलरको खरिदमा १२७ रुपैयाँ १२ पैसा पाइन्छ भने बिक्रीदर १२७ रुपैयाँ ७२ पैसा तोकिएको छ। यसभन्दा अघि अघिल्लो दिन मात्रै डलरको विनिमय दर हालसम्मको उच्च थियो। सो दिन डलर एकको खरिददर १२७ रुपैयाँ ६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।

आज युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ९० पैसा र बिक्रीमा १२८ रुपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ८१ पैसा पाइन्छ। यो हालसम्मकै उच्च विनिमय दर हो। यसभन्दा अघि गत जुलाई ६ मा कुवेती दिनारको विनिमय दर उच्च थियो। सो दिन दिनार एकको खरिदमा ४१२ रुपैयाँ ४८ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ८१ पैसा तोकिएको थियो।

आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८० पैसा तोकिएको छ। यो पनि हालसम्मकै उच्च दर हो। यसभन्दा अघि अघिल्लो दिन दिनारको उच्च विनिमय दर कायम गरिएको थियो। सो दिन दिनार एकको खरिदमा ३३७ रुपैयाँ ५ पैसा र बिक्रीमा ३३८ रुपैयाँ ६८ पैसा पाइन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology