Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब ४ करोड बढीको कारोबार


3.2K
Shares

सेयर बजारमा दोहोरो अंकको वृद्धि,  २ अर्ब ४ करोड  बढीको कारोबार

काठमाडौं, २९ असार। बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १,९८६.८२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन समेत नेप्से ११.६८ अंकले बढेको थियो।

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन एक अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम दुई अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ पुगेको छ।

आज कुल २२५ किसिमका धितोपत्र तथा ऋणपत्रको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २०८ वटाको मूल्य बढेको छ भने जम्मा १० वटाको मूल्य घटेको छ।

आज नेपाल फाइनान्स लिमिटेड र रिलाइन्स फाइनान्सको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै फाइनान्सको ६.९६ प्रतिशत, विकास बैंकको ६.२५ प्रतिशत र ट्रेडिङको ५.३९ प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट ९ करोड २ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि एनआइसी एसिया बैंकको ८ करोड ३३ लाख ९१ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडको ७ करोड ५९ लाख ७८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ र अरुण काबेली पावरको ६ करोड ४५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology