Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

साउनमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय


2.3K
Shares

साउनमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं, २९ असार । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन् ।

बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताउनु भयो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आउनु भएको छ । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताउनु भए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology