Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिसत बजेट खर्च


3.7K
Shares

गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिसत बजेट खर्च

गोरखा २९, असार । गोरखाको गण्डकी गाउँपालिकाको चालु आर्थिक बर्षमा कुल ८१.१६ प्रतिसत बजेट खर्च गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु तर्फ ८८.६४ प्रतिसत र पुँजीगत तर्फ ७०.३३ प्रतिसत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु तर्फ कुल ४३ करोड ९७ लाख ९५ हजार ७२७. ४१ रुपैया बिनियोजन गरेकोमा ३८ करोड ९ लाख ७० हजार ८३२ रुपैया ७८ पैसा खर्च गर्न गरेको हो ।

त्यस्तै पुँजीगत तर्फ कुल ३० करोड ३२ लाख ७० हजार २७२. ५९ रुपैया बिनियोजन भएकोमा कुल २१ करोड ३२ लाख ८ हजार ९९८ रुपैया ७१ पैसा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology