काठमाडौं, २९ असार। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाउनु भएको छ।
प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भाग्नु भएको छ । उहाँ भागेर माल्दिभ्स पुग्नु भए लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्नु भएको हो।