Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा अनेरास्वबियुद्धारा मुख्यमन्त्री मन्त्रीका लागि एक रुपैयाँ आर्थिक सहयोग संकलन


2.5K
Shares

गोरखामा अनेरास्वबियुद्धारा मुख्यमन्त्री मन्त्रीका लागि एक रुपैयाँ आर्थिक सहयोग संकलन

गोरखा, २७ असार । अनेरास्वबियु जिल्ला कमिटी गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुका आफ्न्तको ट्रस्टका लागि आर्थिक सहयोग गर्न भन्दै एक रुपैयाँ चन्दा संकलन सुरु गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएका बजेटमा मुख्यमन्त्री र मन्त्रीहरुको आफ्ना नजिकका आफ्न्त र परिवारको नाममा बजेट बिजियोजन गरेको बिरोधमा गोरखा सदरमुकाममा सांकेतिक बिरोध स्वरुप अनेरास्वबियुले एक रुपैयाँ चन्दा संकलन सुरु गरेको हो ।

गोरखामा आज र भोली दुई दिन सांकेतिक बिरोध स्वरुप चन्दा संकलन गर्ने अनेरास्वबियु गोरखाका संयोजक प्रताप ढकालले जानकारी दिनुभयो । संकलित चन्दा भोली मुख्यमन्त्रीको कार्यालयमा बुझाउने उहाँको भनाई छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म गरिएको कार्यक्रममा नेकपा एमाले जिल्ला समितिका सचिवालय सदस्य सुमन श्रेष्ठ, अनेरास्वबियु जिल्ला संयोजक प्रताव ढकाल सहित, सहसंयोजक सुवास श्रेष्ठ र राष्ट्रिय युवासंघ नेपाल नगर कमिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतले सहभागिता रहेको थियो ।

अनेरास्वबियुले गोरखा सहित गण्डकी प्रदेशका सबै जिल्लामा मुख्यमन्त्रीका लागि चन्दा संकलन गरेको छ । गण्डकी प्रदेश सरकारले मन्त्री र मुख्यमन्त्रीका आफन्तको नाममा रहेको ट्रस्टका लागि रकम बिनियोजन गरेपछि अहिले सवैतिर त्यसको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology