काठमाडौं, २७ असार । नेपाली बजारमा कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।
महासंघका अनुसार आज चाँदी भने प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।