Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


2.7K
Shares

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं, २५ असार । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पाँचथरमा एक जनालाई पक्राउ गरेको छ।

फिदिम नगरपालिका—१४ बुर्दुम बस्ने ३५ वर्षीया निला राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति उहाँका श्रीमान ४० वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो।

राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते श्रीमतीमाथि कुटपिट गरेका थिए।

कुटपिट गर्दा श्रीमती निला गम्भीर घाइते हुनु भएको थियो । उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो।

उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

उहाँको मृत्यु भएपछि अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology