Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थपिए १०२ जना कोरोना संक्रमित


1.7K
Shares

आज थपिए १०२ जना कोरोना संक्रमित

काठमाडौं, २५ असार । देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार थप १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको परीक्षण गरिएको थियो। जसमध्ये एक हजमर ५३९ जनाको पिसिआर र एक हजार ७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

जसबाट ७२ जनाको पिसिआर र ३० जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

यस्तै ३१ जना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology