Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अमरनाथमा भारी वर्षापछि बाढी आउँदा १६ जनाको मृत्यु


2.5K
Shares

अमरनाथमा भारी वर्षापछि बाढी आउँदा १६ जनाको मृत्यु

एजेन्सी, २५ असार । भारतको जम्मु र काश्मिरस्थित अमरनाथमा (क्लाउड ब्रस्ट) भारी वर्षापछि आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ।

शुक्रबार अपराह्नमा भारी वर्षा भएपछि आएको बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् भने ४० जना बेपत्ता भएका छन्। मृतकहरू अमरनाथको मन्दिरमा पुगेका तीर्थयात्रीहरू छन्।

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अहिलेलाई तीर्थ यात्रामा जान रोक लगाइएको छ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्धारमा कुनै कठिनाइ नभएको बताएको छ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन्। चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन्।

पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology