काठमाडौं, २४ असार । नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनु भएको हो ।
यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकमा सदस्य सचिव घिसिङले बताउनु भयो। घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताएको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
घिसिङले अघिल्लो पटक स्थानीय चुनाव र विद्यालयको परीक्षाको विषयका कारण प्रतियोगिता सरे पनि अब प्रतियोगिता नसर्ने बताउनु भयो ।