Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन


2.7K
Shares

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उहाँलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उहाँको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाड्नु भएको थियो । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उहाँ अझै पनि प्रभावशाली नेताको रुपमा रहनु भएको छ।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उहाँले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ भुइँमा लड्नु भएकने थियो ।

उहाँलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology